कारोबारको तेस्रो घण्टा : दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भने सामान्य वृद्धि

५ बर्ष अगाडि

काठमाडौं- मंगलबारबाट भारी अंकले ओरालो लागेको नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक साताको चौथो दिन(बुधबार) कारोबारको तेस्रो घण्टासम्म आउँदा दोहोरो अंकले बढेको छ ।

दुई बजे सम्म आउँदा नेप्से परिसुचक २३.५७ अंकले बढेर २६१०.०८ को बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १२ उपसमुशमध्ये २ उपसमुह ओरालो लागेका छन् भने बाँकी १० उपसमुह उकालो लागेका हुन् ।

कारोबारमा आएका १९९ कम्पनीको ९७ लाख १३ हजार ८३ कित्ता शेयर ३८ हजार ४३० पटक खरिद बिक्री हुदाँ ४ अर्ब ५३ करोड १ लाख ८० हजार बराबरको कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया