क्रियाशील सदस्यता किन हटाउँदैछ कांग्रेसले ?

७ बर्ष अगाडि

काठमाडौं - नेपाली कांग्रेसले आन्तरिक कलहको जड देखिँदै आएको क्रियाशील सदस्य खारेज गर्ने भएको समाचार आजको कान्तिपुरमा छापिएको छ । 

विधान संशोधन समितिले क्रियाशील सदस्यता हटाई खुला सदस्यता अपनाउने सहमति जुटाएको हो । 

पार्टीमा अहिले ४ लाख ७० हजार क्रियाशील सदस्य छन् । 

१३ औं महाधिवेशनमा १५ जिल्लाबाहेक सबैमा क्रियाशील सदस्यता विवाद थियो । 

विवादमा तानिएका करिब २ लाख क्रियाशील सदस्यता पेन्डिङमा छन् । 

यही विवादले कतिपय जिल्लामा अधिवेशन हुन सकेन । 

७ बर्ष अगाडि

प्रतिक्रिया