देउवा गुहार्न पुगे प्रचण्ड–नेपाल !

४ बर्ष अगाडि

प्रचण्ड–नेपाल नेकपा समूहका अध्यक्षद्वय पुष्पकमद दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापित भएपछि नयाँ सरकार निर्माणका लागि कांग्रेस निर्णयक भएकाले सत्ता गठबन्धन निर्माणको प्रस्ताव लिएर बुधबार दाहाल–नेपाल देउवा भेट्न गएका हुन् । 

कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता गठबन्धनमा सामेल हुन नेकपाका दुवै समूहले जोडबल गरिरहेका छन् । आजै बिहान प्रधानमन्त्री ओलीले देउवालाई अबको प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम खारेज गरेसँगै सत्ता गठबन्धनको चटारो सुरु भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया