तीन वर्षमा १२८ किमी सडक कालोपत्र

५ बर्ष अगाडि

सुदूरपश्चिम प्रदेश सरकार गठन भएको यही फागुन महिनामा तीन वर्ष पूरा भएर चौथो वर्ष लागेको छ । नेपालको राजनीतिक इतिहासमा नयाँ व्यवस्थाको रुपमा रहेको सङ्घीयता कार्यान्वयन गर्ने सिलसिलामा प्रदेश सरकारले विभिन्न चुनौतीका बाबजुद जनअपेक्षाअनुसारको काम सञ्चालन गर्ने प्रयत्न गरिरहेको छ । 

सुदूरपश्चिम प्रदेश सरकारले  यातायात पूर्वाधारतर्फ १२८ किमी सडक कालोपत्र भएकामा ३२२ किमी सडक ग्राभेल गरिएको छ । सात सय आठ किमी कच्ची सडक, १० वटा सडक पुल र १८ झोलुङ्गे पुल निर्माण पूरा भएको छ ।
  
प्रत्येक जिल्लामा एउटा पर्ने गरी प्रदेश सरकारले नौ वटा महत्वपूर्ण सडकलाई प्रादेशिक गौरवको आयोजनाको रुपमा छनोट गरी निर्माण कार्यमा उच्च प्राथमिकता दिएको छ । जनता आवास कार्यक्रमअन्तर्गत लक्षित वर्गका जनताको लागि एक हजार ७४६ निजी आवास घर निर्माण भई सम्बन्धित परिवारलाई हस्तान्तरण गरिसकिएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया