सुदूरपश्चिम प्रदेश : तीन वर्षमा २६० सिँचाइ योजना सञ्चालन

५ बर्ष अगाडि

सुदूरपश्चिम प्रदेश सरकार गठन भएको यही फागुन महिनामा तीन वर्ष पूरा भएर चौथो वर्ष लागेको छ । नेपालको राजनीतिक इतिहासमा नयाँ व्यवस्थाको रुपमा रहेको सङ्घीयता कार्यान्वयन गर्ने सिलसिलामा प्रदेश सरकारले विभिन्न चुनौतीका बाबजुद जनअपेक्षाअनुसारको काम सञ्चालन गर्ने प्रयत्न गरिरहेको छ । 

यो अवधिमा भूमिगत सिँचाइ र सतह सिँचाइतर्फ २६० योजना सञ्चालन भई यी योजनामार्फत् नौ हजार ८९० हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको उपलब्धि पुस्तिकामा  उल्लेख छ । ऊर्जातर्फ छ दशमलब ९७ मेगावाट क्षमताको दार्चुलाको नौगाड जलविद्युत् आयोजना, सात दशमलब ७५ मेगावाट क्षमताको बैतडीको सूर्नयागाढ जलविद्युत् आयोजनाको प्रारम्भिक वातवरणीय प्रभाव अध्ययनसहित विस्तृत सम्भाव्यता अध्ययनको काम भइरहेको छ ।
 
 सात दशमलब ७१ मेगावटको अपर सूर्नयागाढ जलविद्युत् आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनको लागि थप काम अघि बढाइएको छ । वैकल्पिक ऊर्जाको विकास र प्रवद्र्धनका लागि पूर्व सम्भाव्यता अध्ययन गरिएको छ । नदी नियन्त्रण, तटबन्ध र पहिरो नियन्त्रण तर्फ कूल ४८ किलोमिटर लम्बाइमा संरक्षणको काम भएको छ । यसबाट २२९ हेक्टर जग्गा सुरक्षित भएको जनाइएको छ । खानेपानी तथा सरसफाइतर्फ १९६ योजनाको निर्माण पूरा भएका छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया