काठमाडौं- साताको चौथो दिन (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १४ अंक बढेको छ।
मंगलबार २१.१६ अंक घटेर २५८६.५१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १३.८१ अंक बढेर २६००.३३ विन्दुमा पुगेको छ। सो सेसनमा
बुधबार सो सेसनमा ७५ कम्पनीको ४ करोड ६४ लाख ७२ हजार ५६५ रुपैयाँ बराबरको ७५ हजार ८५१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४७ कम्पनीको शेयरमूल्य बढेको छ भने १५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया