काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड माधव समूहको संसदीय दलको बैठक आज बस्दैछ ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि नेकपा प्रचण्ड माधव समूहले अपराह्न ४ बजे संसदीय दलको बैठक बोलाएको हो ।
प्रचण्डमाधव समूहले प्रतिनिधिसभा विघटन गर्ने निर्णयलगत्तै बैठक बोलाएर केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरेको थियो ।
प्रतिक्रिया