नागरिक लगानी कोषले ३ लाख ५४ हजार कित्ता शेयर लिलामी मार्फत बिक्ी गर्ने भएको छ ।
कोषले फागुन २१ गतेदेखि हकप्रदमा अवितरित ३ लाख ५४ हजार १ सय ५० दशमलव ०५ कित्ता शेयर बिक्री गर्न लागेको हो ।
कम्पनीको उक्त लिलामी शेयरमा फागुन २१ देखि चैत्र १२ गतेसम्म आवेदन सकिनेछ । त्यस्तै, शेयर खरिद गर्न चाहानेले आरविवि मर्चेन्टको कार्यालय टेकु, राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु बिरगंज, जनकपुर्, नारायणगढ, बाग्लुंग, रुपन्देही, बुटवल ,नेपालगंज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौडा, तुलसीपुर र महेन्द्रनगर शाखाबाट आवेदन दिन सक्ने छन् । त्यस्तै नागरिक लगानी कोषको काठमाडौँ, बिराटनगर र कास्की शाखाबाट आवेदन दिन सकिने छ ।
प्रतिक्रिया