छलफलका लागि प्रचण्ड–माधव पक्षले सांसद बोलायो

४ बर्ष अगाडि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले आफू निकट सांसदहरुलाई छलफलका लागि बोलाएको छ । 

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई बदर गरेसँगै प्रचण्ड–माधव पक्ष छलफलमा जुटेको हो ।

सांसदहरुसँगको छलफलका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल चितवनबाट काठमाडौँ फर्कदै छन् ।

प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ । प्रधानमन्त्री केपी ओलीले  प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर अदालतले गरेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया