नयाँ देवानीअनुसार पुरुषले गरे सम्बन्ध विच्छेद

७ बर्ष अगाडि

ताप्लेजुङ– मुलुकी देवानी संहिताअनुसार यहाँ पहिलोपटक पुरुषको निवेदनमा सम्बन्ध विच्छेद भएको छ ।
 फुङलिङ नगरपालिका ७ का अमृतबहादुर लिम्बूले श्रीमतीसँग सम्बन्ध विच्छेदको निवेदन दिएका थिए । 
उनलाई जिल्ला अदालत ताप्लेजुङले सम्बन्ध विच्छेद गरिदिएको हो । जिल्ला न्यायाधीश कृपासुर कार्कीको इजलासले सोमबार ६२ वर्षीय लिम्बूको मागअनुसार ५६ वर्षीया पृथीमाया लिम्बूसँग सम्बन्ध विच्छेदको निर्णय गरेको स्रेस्तेदार केदारप्रसाद गौतमले बताए । अमृतले सम्बन्ध विच्छेदका लागि भदौ १९ गते रिट दायर 
गरेका थिए । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया