फागुन १९ बाट प्राइम बैंकले ऋणपत्र निष्काशन गर्ने

५ बर्ष अगाडि

प्राइम कमर्शियल बैंकले ३५ लाख  कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले  ३ अर्ब ५० करोड रकम बराबरको ३५ लाख  कित्ता शेयर फागुन १९ गतेदेखि जारी गर्न लागेको हो । 

बैंकले जारी गर्न लागेको ऋणपत्र मध्य  १ अर्ब ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि, २अर्ब १० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने बताइएको छ । 

उक्त ऋणपत्रमा आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम ५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ  ।

उक्त ऋणपत्रमा छिटोमा फागुन २३  र ढिलोमा आवेदनमा  चैत्र ४ गतेसम्म आवेदन दिन सकिने छ  । 

५ बर्ष अगाडि

प्रतिक्रिया