नेप्सेमा निर्धन उत्थान लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले लगषनीकर्ताहरुलाई प्रदान गरेको १३ प्रतिशत बोनसका आधारमा शेयर मूल्य समायोजन भएको हो ।
शेयर मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १४४० रुपैयाँ कायम भएको छ ।
यस अघि कम्पनीको शेयर मूल्य १६२७ रहेको थियो । कम्पनीले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद गरि कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न फागुन २५ गते साधारणसभा आह्वान गरेको छ ।
प्रतिक्रिया