आज कारोबारको दोस्रो दिन नेप्से परिसूचक अत्याधीक अंकले घटेको छ ।
आज नेप्से परिसूचक ३२ दशमलव ६७ अंकले ओरालो लागेर २ हजार ६ सय ०७ दशमलव ६७ अंकमा झरेको छ ।
आज समग्र बजारनै घटे पनि अधिकांश हाइड्रोपावर कम्पनकिो शेयर मूल्यमा भने उछाल आएको छ । आज धेरै कमाउने अधिकांश हाइड्रोपावर कम्पनीका शेयरधनीहरु रहेका छन् ।
आज नेप्सेमा २ करोड ६१ लाख कित्ता शेयर खरिदबिक्री हुदाँ ८ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, आज कारोबारमा आएका कम्पनी मध्य १३९ कम्पनीको शेयर मूल्य घटेको छ भने ३२ कम्पनीको शेयर मुल्य बढेको छ ।
प्रतिक्रिया