काठमाडौं - अपि पावर कम्पनीले फेरि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले पुनः कायम चुक्ता पूँजीको २९.३८ प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्ने भएको हो ।
यसअघि कम्पनीले चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । हकप्रदको अनुमति माग गर्दै कम्पनीले फागुन ९ गते आइतबार नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको बोर्डले जनाएको छ ।
कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा हाल कायम चुक्ता पूँजी १ अर्ब ९२ करोड ९८ लाख ८४ हजार २७५ रुपैयाँको २९।३८ प्रतिशतले हुन आउने ५६ करोड ७० लाख बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो ।
हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४९ करोड ६८ लाख ८४ हजार २७५ रुपैयाँ पुग्नेछ । कम्पनीले मुक्तिनाथ क्यापिटललाई हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
प्रतिक्रिया