सोमबार प्राइम लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

५ बर्ष अगाडि

काठमाडौं- प्राइम लाइफ इन्स्योरेन्सको बोनस शेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ लाख ८१ हजार २५३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

इन्स्योरेन्सको पनि पुस २७ गते सोमबार सम्पन्न तेह्रौ वार्षिक साधारण सभाले चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशतका दरले नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।

इन्स्योरेन्सले उक्त साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १७ गते शुक्रबार शेयर दाखिला खारेजी गरेकोले पुस १६ गत बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया