४१ हजार कोरोना संक्रमितले पाए ४ अर्ब बढी भुक्तानी

५ बर्ष अगाडि

हाल सम्ममा कोरोना बीमा गरेका ४१ हजार बढी बीमितले बीमा बराबरको रकम पाइसकेका छन् ।

बीमा समितिबाट प्राप्त विवरण अनुसार ४१ हजार २६१ जना बीमितलाई ४ अर्ब ५२ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको छ । 

त्यस्तै, हाल सम्ममा भुक्तानीका लागि ७७ हजार १२८ वटा दाबी परेका भने आवश्यक कागजात नपुगेका तीन हजार ५७५ वटा फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् ।

त्यस्तै,  ५ हजार १३ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया