काठमाडौं- साताको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टामा पनि ओरालो यात्रामै रहेको छ ।
कारोबार सुरु भएको दुई घण्टामा परिसुचक २०.१३ अंकले ओरालो लागेको हो । आज ११ बजे २६४०.३४ को बिन्दुबाट सुरु भएको नेप्से परिसुचक २ घण्टाको अवधीमा ०.७६ प्रतिशतले ओरालो लाग्दै २६२०.२१ को बिन्दुमा पुगेको हो ।
कारोबारमा आएका १२ उपसमुहमध्ये ३ उपसमुह उकालो लागेका छन् भने बाँकी ९ उपसमुह ओरालो लागेका हुन् ।
एक बजेसम्म कारोबारमा आएका २०३ कम्पनिको १ करोड ८ लाख ३५ हजार ५२५ कित्ता शेयर ४५ हजार २३ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ५५ करोड ५८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया