नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको बजार पुँजीकरण १३२ अर्ब पुगेको छ ।
आज कारोबार सुरु भएको केहि समयमै सकरात्मक सर्किट लागेसँगै यस कम्पनीको शेयर पूँजीकरण १३२ अर्ब पुगेको हो । गत साता बाट नेप्सेमा कारोबार थालेको यस कम्पनीको शेयर मुल्यमा सातौ दिन सकारात्मक सर्किट लागेको छ ।
आज यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर ६६० रुपैयाँमा कारोबार भइरहेको छ ।
बैंकले यस अघि माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो ।
प्रतिक्रिया