काठमाडौं - साताको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च(नेप्से) मा कारोबार सुरु भएको १ घण्टा नपुग्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेसंगै शेयरमुल्यमा सकरात्मक सर्किट लागेको हो ।
आज कम्पनीको शेयर कारोबार ६३० रुपैंयाबाट सुरु भएको थियो । जुन रकम ६० अंकले बढेर ६६० रुपैंयामा पुगेको छ ।
यो भन्दा अघि कम्पनीको शेयर कारोबार ६०० रुपैंया बन्द भएको थियो ।
प्रतिक्रिया