मदिरा सेवन गरी अाफ्नै साथीलार्इ चक्कु प्रहार

७ बर्ष अगाडि

मदिरा सेवन गरी अाफ्नै साथीलार्इ चक्कु प्रहार गर्दा युएर्इमा एक नेपाली महिलाको ज्यान गएको छ। भने तिन जना घार्इते भएका छन्।

युएर्इको शारहजा स्थित तान्जिफ्को किल्निङ् कम्पनीमा कार्यरत नुवाकोटकी सोनी भनिने सबिना तामाङ्ले गत शुक्रबार राती मदिरा सेवन गरि धारिलो हतियार चक्कु प्रहार गर्दा काठमाडाैंकी सिर्जना बरालको उपचारको क्रममा मृत्यु भएको हो।


झगडा छट्याउन गाएकी सर्लाहीकी ममता चाैधरीको बाँया पिड्युमा २ र टाउको चोट लागेको छ। उनको शारहजा स्थित अल कासिमिया अस्पतालको अासियुमा उपचार भैरहेको छ।  बाकी दुर्इ जना सलिना मगर र अाशा दर्जी सामान्य उपचार पछि रूममा फर्केका छन्। छुरा प्रहारबाट उनीहरूको देब्रे खुट्टा र हातमा समान्य चोट लागेको थियो।

दशै मनाउने क्रममा टिकाको दिन सोनी तमाङ्सँगै काम गर्ने लक्ष्मी रार्इ र सिर्जना बरालले अपशब्द बोलेको भन्दै समान्य बिषयमा बिबाद भएको र सोही बिबादले गत शुक्रबार ठुलो रूप लिएको उनिहरू सगै काम गर्नै साथीहरू बँताउछन्। मदिरा सेवन गरी सबिनाले दुबै हातमा चक्कु लिर्इ एकतर्फी प्रहार गरेको प्रत्यक्षदर्शी शान्ता रार्इले बँतार्इन्। तर उक्त दिन लक्ष्मी रार्इ भने दुर्घटना हुनबाट जोगिर्इन्। 


चक्कु प्रहार गर्ने सोनी भनिने सबिना तामाङ्लार्इ स्थानिय प्रहरीले हतियार सहित नियन्त्रणमा लिएको छ। भने घार्इते दुर्इ सलिना मगर र अाशा दर्जी प्रहरी अनुसन्धानमा रहेका छन्।

७ बर्ष अगाडि

प्रतिक्रिया