काठमाडौं- आइतबार नेप्सेमा नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को ९ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।
आज बैंकको ९ लाख २० हजार ९४० कित्ता शेयर १३ हजार ७५२ पटक खरिद बिक्री भएको हो ।
बैंकले आज ५५ करोड २१ लाख १२ हजार २३ रुपैंया बराबरको शेयर कारोबार गरेको छ ।
आज यस बैंकको शेयर खरिद माग भने उच्च रहेको छ ।
त्यस्तै, आज यस बैंकको शेयर मूल्य ९.८९ प्रतिशतले बढेर हो । आज बैंकको कारोबार ५७३ रुपैंयाबाट सुरु भएको थियो । जुन रकम ५४ अंकले बढेर ६०० रुपैंयामा पुगेको छ ।
प्रतिक्रिया