आइतबार नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम ९ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं-  साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक सामान्य अंकले बढेको छ । 

आज २६३६.६८ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधीमा ३.६६ अंकले बढेर २६४०.३४ को बिन्दुमा पुगेको छ । ३ बजेसम्म आउँदा परिसुचक ०.१४ प्रतिशतले बढेको हो । 

कारोबारको अन्तिम समयसम्म आउँदा सेन्सेटिभ २.२० अंकले ओरालो लागेर ४७९.५८ को बिन्दुमा पुगेको छ । 

कारोबारका १२ उपसमुह मध्ये ५ उपसमुह ओरालो लागेका छन् । अन्तिम समयसम्म बैकिङ समुह ७.१३ अंकले, फाइनान्स समुह ४.१८ अंक, र्निजीवन बीमा समुह ८३.८८ अंक, लघुवित्त ४५.४६ अंक र जीवन बीमा समुह ३६१.४६ अंकले ओरालो लागेका छन् भने बाँकी ७ उपसमुह बढेका छन् ।

अन्तिम समयसम्म कारोबारमा आएका २०७ कम्पनीको २ करोड ४३ लाख ५ हजार ६६ कित्ता शेयर ९३ हजार ३९ पटक खरिद बिक्री हुदाँ ८ अर्ब ८३ करोड ४६ लाख रुपैंया बराबरको कारोबार भएको छ  । 

कारोबारमा आएका कम्पनीमध्ये अन्तिम समयसम्म १०३ कम्पनीको शेयरमुल्य घटेको छ भने ६७ कम्पनीको शेयरमुल्य बढेको हो ।

अन्तिम समयसम्म नबिल बैंकले ६१ करोड ४२ लाख रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ र निफ्राले ५३ करोड ८३ लाख रुपैंया बराबरको कारोबार गर्दै दोस्रो स्थानमा रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया