काठमाडौं- नागारिक लगानी कोषले बिक्री खुला गरेको हकप्रद शेयर बाडँफाँड भएको छ । कोषले गत पुस २८ गतेबाट माघ १९ गतेसम्म सम्मका लागि १ करोड ३५ लाख ५२ हजार ५९२ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो ।
कोषले बिक्री खुला गरेको हकप्रद शेयरमा १ करोड ३२ लाख ३८ हजार ३७८ कित्ताको लागि मात्र आवेदन आएको थियो भने बाँकी ३ लाख ५४ हजार २१४ कित्ता बिक्री हुनसकेको छैन । यसका लागि कोषले शेयर लिलामीका बिक्री गर्ने भएको छ ।
हाल कोषको चुक्ताँ पुँजी १ अर्ब ६४ करोड रुपैंया बराबर रहेको छ । हकप्रद शेयर बिक्री र लिलामी शेयर बिक्री पछि कोषको चुक्ताँ पुँजी ३ अर्ब पुग्नेछ ।
प्रतिक्रिया