कारोबारको तेस्रो घण्टा : ११.३७ अंकले बढ्यो नेप्से, सर्वाधिक कारोबार गर्दै निफ्रा उच्च स्थानमा

५ बर्ष अगाडि

काठमाडौं- आइतबार नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टासम्म आइपुग्दाँ ११.३७ अंकले बढेको छ । कारोबार सुरु भएको तीन घण्टा परिसुचक ०.४३ प्रतिशतले बढ्दै २६४८.०५ को बिन्दुमा पुगेको हो । कारोबारको सुरुको पहिलो केही समय ओरालो लागेपनि २ बजेसम्म आउँदा परिसुचक उकालो लागेको हो ।

कारोबारको तीन घण्टासम्म आउँदा सेन्सेटिभ भने ०.७६ अंकले ओरालो लागेर ४८१.०१ को बिन्दुमा पुगेको छ ।

कारोबारका १२ उपसमुहमध्ये ५ उपसमुह ओरालो लागेको छन् भने ७ उपसमुह उकालो लागेका हुन् ।

दुई बजेसम्म कारोबारमा आएका २०३ कम्पनीको १ करोड ६५ लाख ४० हजार ८३९ कित्ता शेयर ६७ हजार ८७ पटक खरिद बिक्री भएको छ ।

सोही अवधीसम्म नेपसेमा ६ अर्ब २ करोड ४४ लाख रुपैंया बराबरको कारोबार भएको छ । 

कारोबारको कुल रकममध्ये निफ्राले ५१ करोड ३६ लाख ९८ हजार रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ । निफ्रामा हालसम्म ८ लाख ५६ हजार ९१८ कित्ता शेयर १२ हजार ४५७ पटक खरिद बिक्री भएको छ ।   
 

५ बर्ष अगाडि

प्रतिक्रिया