आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ वटा कम्पनीको शेयर सुचिकृत भएको छ । अपि पावर, सानिमा माई हाइड्रो, र रिडी हाइड्रो गरि ८५ लाख १ हजार ९ सय ३७ कित्ता शेयर सुचिकृत भएको हो ।
सानिमा माइको २५ लाख ५३ हजार १ सय कित्ता बोनस शेयर, अपि पावरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर र रिडी हाइड्रोको २ लाख ७८ हजार ८ सय ३७ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । आज नै सानिमा बैंकको ३० लाख ५२ हजार ४ सय ४ कित्ता ऋणपत्र सुचिकृत भएको छ ।
प्रतिक्रिया