निर्धन उत्थान लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं- निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने सोमवार (भोलि) अन्तिम दिन रहेको छ । 

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन ११ गते बुक क्लोज गरेसँगै शेयरधनीले भोलिसम्म शेयर कायम गर्नुपर्ने हुन्छ । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र शून्य दशलमव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले फागुन २५ गते साधारण सभा आयोजना गरेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया