साना किसान कृषि सहकारी संस्थाको भवन शिलान्यास

५ बर्ष अगाडि

थलारा गाउँपालिका–५ मा कोटभैरव साना किसान कृषि सहकारी संस्था लिमिटेडको भवन शिलान्यास गरिएको छ । थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले  सहकारी संस्था लिमिटेडको दुई कोठे भवनको शनिबार शिलान्यास गर्दै गाउँपालिकाको आर्थिक समृद्धिका लागि विभिन्न काम भइरहेको जानकारी दिए  ।

 प्रदेशको सांसद कोषबाट आएको रु पाँच लाख बजेटको एक लाख ७५ हजारमा जग्गा लिएको सहकारी संस्थाका अध्यक्ष हर्कबहादुर विष्टले जानकारी दिए । 

भवन निर्माणका लागि आर्थिक सहयोगको अपेक्षा गरेको सहकारी संस्थाका प्रबन्धक निर्देशक गणेश पार्कीले बताए । २०७२ सालदेखि सञ्चालनमा आएको कोटभैरव साना किसान कृषि सहकारी संस्था लिमिटेडमा ४९२  शेयर सदस्य रहेका छन् भने संस्थाको शेयर पूँजी पाँच लाख ३६ हजार ५०० रहेको छ ।  संस्थाको कूल पूँजी ४८ लाख ३७५ रहेको सह प्रबन्धक रेखा रोकायाले जानकारी दिए । 

साथै संस्थामा विभिन्न किसिमका बचत बाल बचत, ऐक्षिक, पेवा, वृद्ध, ग्रसु पेन्सन बचतलगायतका सेवा रहेका छन् । पहिला भाडाको घरबाट सेवा दिइरहेको यस सहकारी संस्थाले अब आफ्नै पक्की भवन भएपछि संस्थाको काम तथा कारोवार सञ्चालन सहज हुनेसमेत उनले बताए। 

५ बर्ष अगाडि

प्रतिक्रिया