कारोबारको पहिलो घण्टा : १२.४८ अंकले बढ्यो नेप्से,कारोबार रकम साढे २ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबार पहिलो घण्टासम्म आउँदा १२.४८ अंकले बढेको छ ।

१२ बजेसम्म आउँदा परिसुचक ०.४७ प्रतिशतले उकालो लाग्दै २६४९.१५ को बिन्दुमा पुगेको छ । आज नेप्से परिसुचकको कारोबार २६३६.६७ को बिन्दुमा पुगेको छ । 

एक घण्टाको अवधीमा कारोबारका १२ उपसमुहमध्ये ५ उपसमुह ओरालो लागेका छन् भने बाँकी ७ उपसमुह उकालो लागेका हुन् ।

सो अवधीसम्म १९८ कम्पनीको ५६ लाख ६४ हजार ८५ कित्ता शेयर ३१ हजार ५९९ पटक खरिद बिक्री हुदाँ २ अर्ब ६१ करोड ७३ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया