काठमाडौं- साताको पहिलो दिन (आइतबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३० अंक बढेको छ।
गत बिहीबार २५.२३ अंक बढेर २६३६.६८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३०.५९ अंक बढेर २६६७.२७ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ५४ कम्पनीको १ करोड ६९ लाख ८९ हजार ९६२ रुपैयाँ बराबरको ३६ हजार १३९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४२ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको घटेको छ। बाँकी ६ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया