ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन अस्पताल पुगे प्रचण्ड

७ बर्ष अगाडि


काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् । 

प्रधानमन्त्री उपचारार्थ शिक्षण अस्पतालमा पुगेर अध्यक्ष दाहालले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । 

। रुघाखोकी सामान्य अवस्थामा नआएपछि स्वास्थ्योपचारका लागि प्रधानमन्त्री ओली आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेको उनका  प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारीदिए । 

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, नेकपाका नेता माधव नेपाल, झलनाथ खनाल, महासचिव विष्णु पौडेल पनि अस्पताल पुगेका छन् । 

यस्तै गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, नेकपाका नेता भीम रावल, टोपबहादुर रायमाझी,केशव बडाललगायतले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् । 

प्रधानमन्त्रीलाई भेटेर बाहिर निस्किएका नेकपा नेता रायमाझीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको र उपचार भइरहेको जानकारी दिए । 

प्रधानमन्त्रीको मनमोहन काडियोथोरासिस भास्कलुर एण्ड ट्रान्सप्लान्ट केन्द्रमा उपचार भइरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया