माधव नेपाललाई ओलीको चुनौति ‘मलाई अध्यक्ष चाहियो’ भनेर पाइन्छ ?

४ बर्ष अगाडि

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहले आफ्नो पक्षमा कतिपयलाई झुक्याएर हस्ताक्षर गराएको दावी गरेका छन् । उनले कोही पनि भ्रममा पर्न जरुरी नरहेको भन्दै मुल पार्टी आफू अध्यक्ष रहेको नेकपा नै रहेको दावी गरे । 

विराटनगरमा शनिवार आयोजित नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्दै उनले पूर्वमन्त्री शेरबहादुर तामाङ र प्रदेश १ का प्रदेशसभा सदस्य उषाकला राई मुल घरमा फर्किएको बताए । यसैगरी सभामुख अग्नि सापकोटाले किर्ते हस्ताक्षर गरेको आरोप लगाउँदै उपराष्ट्रपनि नन्दबहादुर पुनले पनि राजनीतिक भाषण गर्दै हिँडेको आरोप लगाए । 

उनले प्रतिनिधिसभामा  ६४ प्रतिशतको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले संसद विघटन गरेको बताउँदै बाध्य भएर ताजा जनादेशमा जानुपरेको बताए  । सर्वोच्च अदालतले दवावमा कुनै अन्यथा निर्णय लिन्छ जस्तो आफूलाई नलागेको पनि उनले बताए । सर्वोच्च अदालतले पनि देशमा भइरहेको विभिन्न सभालाई हेर्दै होला भन्दै उनले महाधिवेशनबाट आएको अध्यक्षलाई हटाएर ‘मलाई अध्यक्ष चाहियो’ भनेर नपाइने बताए । 

उनले कसैले अध्यक्ष दिँदैमा भइनहाल्ने भन्दै माधव नेपाललाई मख्ख नपर्न चुनौति दिए । ‘निर्वाचन आयोगले भनिसकेको छ कि पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा पार्टी हो, अरु अध्यक्षलाई चिन्दिनँ भन्यो । तैपनि कोहीकोही अध्यक्ष  बनेर हिँडिरहेका छन्’, उनले भने । 

 कहिल्यै सूर्य चिन्हबाट चुनाव नलडेका प्रचण्डले आयोगमा गएर सूर्य चिन्ह आफ्नो हो भनि दावी गर्नु केटीकेटीले पुतलीका लागि झगडा गर्नु जस्तै भएको ओलीले टिप्पणी गरे ।

४ बर्ष अगाडि

प्रतिक्रिया