मन्त्रीहरु आफूतिर फर्किने प्रचण्डको अभिव्यक्तिप्रति बादलको प्रहार : अभियान सफल हुँदैन

४ बर्ष अगाडि

काठमाडौं - गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल समूहको अवसरवादी अभियान सफल नहुने बताएका छन् । 

उनले केही मन्त्रीहरु आफूहरुसँग फर्किन लागेको भन्ने अभिव्यक्ति अवसरवादी साथै उनीहरुको आतंकित र भयभित मानसिकताको उपज भएको बताएका हुन् ।

नेकपा प्रदेश १ कमिटीले शनिवार मोरङको विराटनगरमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै मन्त्री थापाले प्रचण्ड नेपाल समूहले गोयवल्स शैलीमा भ्रम फैलाएको आरोप लगाएका हुन् ।

‘काठमाडौंमा नयाँ भ्रम फैलाउने प्रयत्न गरे, केही मन्त्रीहरु फेरि फर्केर प्रचण्ड नेपालको समूहतर्फ फर्किदै छन् भन्ने भ्रम फाले । देशव्यापी रुपमा किन यस्तो गर्दैछन् रु आतंकको अभिव्यक्ति, भयको अभिव्यक्ति हो’ मन्त्री थापाले भने ।

साथै देश प्रधानमन्त्री ओलीको नेतृत्वमा आन्दोलित भएको बताउदै उनले देश नयाँ दिशातर्फ अगाडी बढेको बताए । देश विशिष्ट अवस्थामा पुगेको बताउदै देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र गरिएको पनि उनले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया