आईफोनमा गोपनीयता कति ?

४ बर्ष अगाडि

एजेन्सी - आईफोन अरु फोनको तुलनामा धेरै नै महङ्गो हुने गर्छ । यो फोन धेरै लोकप्रिय पनि रहेको छ । यो लोक प्रिय हुनुको कारण हो यसको गोपनीयता । 

यो फोनमा प्रयोगकर्ताको धेरै नै गोपनीयता हुने गर्छ । आईफोनमा जति पनि संवेदनशील जानकारीहरू छन्, त्यसलाई विशेष प्रकारले सुरक्षित बनाइएको हुन्छ ।

एप्पलका कुनै पनि उत्पादनमा ह्याकिङको सम्भावना एकदमै कम हुन्छ । आईफोनमा कुनै पनि नयाँ वा अपरिचत एप डाउनलोड गर्न सकिँदैन । एप स्टोरको सुरक्षा गुगल प्ले स्टोरको भन्दा निकै नै बलियो मानिन्छ ।

प्रयोगकर्ताको गोपनीयताको विषयलाई लिएर एप्पल प्रायः सधैँजसो सतर्क रहने गर्दछ । आईओएस फोर्टिन एप बनाउने कम्पनीहरूमाथि झन् कडा रुपमा प्रस्तुत भएको छ ।

पहिलो पटक हरेक एपका प्रयोगकर्ताको डेटा तथा जानकारी कहाँ र कहिले प्रयोग गरिनेछ भन्ने कुरा समेत खुलाउनु पर्ने हुन्छ । यति मात्र होइन, आईफोनलाई महँगो बनाउने सूची अझै लामो छ ।

आईफोनमा लुकेर क्यामेरा वा माइकबाट जासुसी गर्न सकिन्न । साथै एकदमै थोरै मानिसहरूलाई मात्र जानकारी छ कि फेसबुक र गुगल जस्ता कयौं एपले मोबाइलको क्यामेरा र माइकबाट अनेक जानकारी संकलन गरिरहेका हुन्छन् ।

यदि कुनै एपले गलत तरिकाले माइक वा क्यामेरा प्रयोग गर्छ भने आईफोनको अगाडि भागमा रहेको इन्डिकेटर ब्लिङ्क गर्न थाल्छ । एप्पलले आफ्नो प्लेटफर्ममा उपलब्ध हरेक एपमाथि सघन प्रकारले चेक जाँच गर्दछ ।

हरेक एपले एप स्टोरमा रजिस्ट्रेसन हुनु अघि कडा प्रकारका सुरक्षा मापदण्ड पुरा गर्नुपर्ने हुन्छ । यसै कारणले आईफोनमा एपमार्फत हुने ठगीको खबर कमै मात्र सुन्न सकिन्छ ।

प्रयोगकर्ताको गोपनीयतालाई ध्यानमा राख्दै एप्पलले स्पष्ट रुपमा बताएको छ कि एप स्टोरमा उपलब्ध कुनै पनि एपलाई प्रयोगकर्ताको अनुमति बिना डेटा लिने अधिकार छैन । यस बाहेक प्रयोगकर्ताले अनलाइन सर्च गरेका विषयमा समेत कसैलाई पनि एक्सेस दिइने छैन ।

यस बाहेक एप्पलसँग आफ्ना उत्पादनको गुणस्तर र औद्योगिक डिजाइनमा वर्षौँ पुरानो प्रतिष्ठा छ । जसले गर्दा कम्पनीले दसौं लाख लोयल ग्राहक तयार पारेको छ । जो एप्पलका उत्पादन तथा ईको सिस्टम छोडेर अन्यत्र जान चाहँदैनन् ।

एप्पलले आईफोनमा ओएलईडी डिस्प्ले, तीव्र प्रोसेसर र पातलो बेजल्स जस्ता आकर्षक फिचर छन् । जुन आईफोनका अन्य प्रतिस्पर्धी थुप्रै फोनहरुमा पाउन सकिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया