वामदेव गौतम भन्छन् : 'फेरि एकपटक चरित्र हत्या गर्ने प्रयत्न भयो'

४ बर्ष अगाडि

काठमाडौं - नेकपा उपाध्यक्ष वामदेव गौमतले आफ्नो चरित्र हत्या गर्ने प्रयत्न भएको जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो भनेका हुन् । 

उनले समाजिक सञ्जाल मार्फत आपत्ति जनाउँदै भनेका छन् 'मेरो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ ।' केही सञ्चार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री बनेर वामदेव जाँदैछन् भन्ने गलत, भ्रामक र दुराशययुक्त समाचार आएको भन्दै उनले आपत्ति जनाएका हुन्। 

साथै यस्ता भ्रामक समाचारमा विश्वास नगर्न उनले अनुरोध पनि गरेका छन् । संसद् विघटनपछि नेकपा दुई धारमा विभाजित भएको छ । तर उनी भने तटस्थ छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया