स्वरोजगारले डाक्यो साधारणसभा, कति दिदैँछ लाभांश ?

५ बर्ष अगाडि

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । 

संस्थाले यही फागुन २९ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ः३० बजे आफ्नो १२ औँ वार्षिक साधारणसभा बोलाएको हो । 

कम्पनीले उक्त सभामा गत आवको मूनाफाबाट १२.३९ प्रतिशतले हुन आउने बोनस सेयर र ०.६५ प्रतिशतले हुन आउने नगद लाभांश गरी कुल १३.०४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

उक्त सभाले अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रयोजनका आवश्यक सम्पूर्ण कार्य गर्ने पूर्ण अख्तियार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया