प्रचण्ड–नेपाल समूहको निर्देशन 'जतिबेला जेसुकै हुनसक्छ तयारी अवस्थामा बस्नु'

४ बर्ष अगाडि

प्रचण्ड–नेपाल नेकपा समूहले जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न र तयारी अवस्थामा रहन आफ्ना  नेता कार्यकर्तालाइ  निर्देशन दिएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले निर्वाचन आयोग र अदालतबाट जस्तो पनि फैसला आउन सक्ने भन्दै परिस्थितिका आधारमा तयार रहन  नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको हो ।

बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले साम, दाम दण्ड भेद सवै प्रयोग गरेर जनता र नेकपा नेता कार्यकर्तामाथि भ्रम छर्न तल्लिन रहेको आरोप लगाउदै जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका हुन्  । आफ्नो नेतृत्वको पार्टीको पक्षमा दुई तिहाई सदस्य हुँदा पनि निर्वाचन आयोगले आधिकारिकता नदिए जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको नेपालकाे भनाइ थियाे । 

त्यस्तै बैठकले पार्टीद्वारा घोषित चौथो चरणको संघर्षका कार्यक्रमलाई सफल पार्नका लागि पनि निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपालले संगाठनिक एकीकरणको काम केहि दिनभित्रै सक्ने बताएको प्रवक्ता श्रेष्ठले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया