काठमाडौं - निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा दर बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाएसँगै वायुसेवा सञ्चालक संघले पनि भाडा बढाउने निर्णय गरेका हुन्।
संघले हवाई इन्धनको मूल्य घटबढ हुने बित्तिकै इन्धन चार्ज शुल्क समायोजन गर्दै आएका छन् । संघले बढाएको इन्धन चार्ज नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत दिएको छ ।
कम्पनीहरूले ७० रुपैयाँसम्म फ्युल सरचार्ज बढाएका छन् । बढेको भाडा भोलि शुक्रबारदेखि लागू हुनेछ ।
आयल निगमले मंगलबार पेट्रोल र डिजेलसँगै हवाई इन्धनको पनि मूल्य बढाएको थियो ।
प्रतिक्रिया