सुचारु भयो लामो समयदेखि रोकिएको हिमालय एयरलाइन्सको दुबई उडान

४ बर्ष अगाडि

काठमाडौं - कोरोना भाइरसका कारण लामो समय रोकिएको हिमालयन एयरलाइन्सको दुबई उडान पुनः सुचारु भएको छ । दुबई उडान अब साताको तीन पटक हुने भएको छ । 

एअरलाइन्सले काठमाडौंबाट हरेक आइतबार, मंगलबार र बिहीबार दुबई उडान गर्ने जनाइएको छ । त्यस्तै दुबईबाट हरेक सोमबार, मंगलबार र बिहीबार काठमाडौं उडान गर्ने एयरलाइन्सले जनाएको छ । 

हिमालय एयरलाइन्सले काठमाडौं–दुबई–काठमाडौं उडान युएईको कोरोना सुरक्षा मापदण्ड पालना गर्दै यात्रु आवागमन खुकुलो बनाएपछि सुरु गर्न लागेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया