भोडाफोन आईडियाले थ्रीजी मोबाइल सेवा बन्द गर्दै

४ बर्ष अगाडि

काठमाडौं- भारतको दूरसञ्चार कम्पनी भोडाफोन आईडिया (भीआई) ले  थ्रीजी मोबाइल सेवा बन्द गर्ने निर्णय गरेको छ ।

कम्पनीले अब आफ्ना सबै सेवाहरु फोरजी तथा फाइभजी नेटवर्कमा शिफ्ट गर्नेछ । कम्पनीका प्रबन्ध निर्देशक तथा सीईओ रविन्द्र टक्करले सन् २०२२ को अन्तिमसम्म भारतभर थ्रीजी सेवा बन्द गरिनेछ ।

रिपोर्ट अनुसार कम्पनीले चाँडै नै भारतमा फाइभजी सेवा सुरुवात गर्नेछ । कम्पनीले यो सुपर फास्ट नेटवर्कका लागि आवश्यक तयारी समेत सुरु गरिसकेको बताइएको छ ।

सन् २०१९ मा सबैभन्दा पहिला भीआईले नै आफ्नो ट्यारिफ बढाएको थियो । आगामी दिनमा भारत सरकारले फाइभजी फ्रिक्वेन्सी लिलामी गर्नेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया