नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ ।
आकस्मिक बोलाइएको उक्त बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो । यस अघि यस समूहले बैठकमा सबै केन्द्रीय सदस्यहरुलाई आफ्नो नागरिकता ल्याउनका लागि निर्देशन दिइएको थियो ।
उक्त बैठक पश्चात नागरिकता बोकेर प्रचण्ड–नेपाल समूह आधिकारिकताको लागि निर्वाचन आयोगमा जाने बताइएको छ ।
प्रतिक्रिया