दुई साता अघि आइपीओ बिक्रीमा ल्याएको ग्रीनलाइफ हाइड्रोपावरको आज शुक्रबार बाँडफाँड भएको छ ।
बिक्री प्रबन्धक बिओके क्यापिटलले आज उक्त आइपीओ कम्पनीको कार्यलयमा बाँडफाँड गरेको हो ।
यस अघि कम्पनीले १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।
कम्पनीको आइपीओमा १३ लाख ३७ हजार ९४२ जना आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।
कम्पनीको आइपीओमा आवेदन दिएका कुला लगानीकर्तामध्ये ३ लाख २५ हजार १६५ जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले शेयर पाएका छन् भने बाँकी २२ कित्ता दुई लगानिकर्ताहरुलाई ११/११ कित्ताका दरले बाडिएको छ ।
प्रतिक्रिया