काठमाडौं - मेलम्चीको पानी काठमाडौं उपत्यकावासीले छिटै पाउने भएका छन् ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष खानेपानी मन्त्री मणिचन्द्र थापा सहित मन्त्रालयका उच्च पदाधिकारीहरुद्वारा प्रस्तुत गरिएको मेलम्ची खानेपानी आयोजना सम्बन्धी अद्यावधिक प्रगति विवरणमा यो उल्लेख गरिएको छ ।
सुरुङमार्गमा उत्पन्न समस्या निराकरण गर्दै तयारी हालतमा राख्ने र काठमाडौं उपत्यकाको वितरण प्रणालीलाई समेत मेलम्चीको पानीका लागि दुरुस्त बनाउने काम भइरहेको विवरणमा उल्लेख गरिएको छ । यस कार्यले पूर्णता पाउना साथ काठमाडौं उपत्यकामा मेलम्चीको पानी प्रारम्भिक वितरण सुरु हुने जनाइएको छ ।
पानी सुरुमा नयाँ र पुराना दुवै लाइनबाट वितरण गरिने छ । यसका लागि नयाँ तथा पुराना ट्यांकीहरुबाट पुरानो र नयाँ दुवै प्रणालीमा पानी प्रवाह गर्न सकिने गरी तयारी गरिएको छ ।
साथै काठमाडौंको ढल निकासलाई दीर्घकालीन ढंगले हल गर्न केयु केएलले सन् २०५० लक्षित गरी गुरु योजना तयार पारेको पनि जनाइएको छ ।
प्रतिक्रिया