शुक्रबार नेप्सेमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

५ बर्ष अगाडि

काठमाडौं-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। इन्स्योरेन्सको समायोजित मूल्य २ हजार ५०५ रुपैयाँ तोकिएको छ। इन्स्योरेन्सको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन भएको हो। बिहीबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता २ हजार ७५५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०।५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न फागुन २५ गते साधारण सभा डाकेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया