नेप्सेमा नेरुडे लघुवित्तको शेयरमूल्य समायोजन

५ बर्ष अगाडि

काठमाडौं-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार नेरुडे लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।

लघुवित्तको ८ प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ। नेप्सेले लघुवित्तको समायोजित मूल्य १ हजार ३६४ रुपैयाँ तोकको हो। अघिल्लो कारोबार दिन लघुवित्तको शेयर दोस्रो बजारमा प्रतिकित्ता १ हजार ४७३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लघुवित्तले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १९ लाख २५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश पारित गर्न लघुवित्तले फागुन २२ गते वार्षिक साधारण सभा बोलाएको छ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया