आजबाट रु रु जलविद्युतको आईपीओ निष्काशन खुला

५ बर्ष अगाडि

आज शुक्रबारबाट रु रु जलविद्युत परियोजना लिमिटेडको आईपीओमा आवेदन दिन सकिने भएको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले गुल्मी जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७ हजार ७०५ कित्ता शेयर साधारण शेयर निष्काशन गरेको हो । 

यस कम्पनकिो आइपीओमा  छिटोमा फागुन २१ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ । 

यस कम्पनीको  एनएमबि क्यापिटल शेयर निष्काशक तथा बिक्री प्रबन्धक रहेको छ । 

यस कम्पनीको आइपीओमा स्थानीयहरुले शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक विभिन्न शाखा कार्यालय, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंकका गूल्मी शाखा कार्यालयहरुबाट आवेदन दिन सक्छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया