दुई साता अघि आइपीओ बिक्रीमा ल्याएको ग्रीनलाइफ हाइड्रोपावरको आज शुक्रबार बाँडफाँड हुदैँछ ।
बिक्री प्रबन्धक बिओके क्यापिटलकाअनुसार कम्पनीको आइपीओ विहान ९ बजे बाँडफाँड गरिन लागिएको हो ।
कम्पनीले १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।
कम्पनीको आइपीओमा १३ लाख ३७ हजार ९४२ जना आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।
मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ।
त्यस अनुसार ३ लाख २५ हजार १६५ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन्। हालसम्म आवेदन दिएकामध्ये १० लाख १२ हजार अर्थात ७५।७ प्रतिशलले शेयर नपाउने भएका छन् ।
प्रतिक्रिया