ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ भोलि विहान बाँडफाँड हुदैँ, कति आवेदकले पाउँदैछन् शेयर ?

५ बर्ष अगाडि

काठमाडौं-  ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार विहान बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलकाअनुसार कम्पनीको आइपीओ शुक्रबार विहान ९ बजे बाँडफाँड गरिने भएको हो।

हाइड्रोपावरको आइपीओमा १३ लाख ३७ हजार ९४२ जना आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। 

मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ।

त्यस अनुसार ३ लाख २५ हजार १६५ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन्। हालसम्म आवेदन दिएकामध्ये १० लाख १२ हजार अर्थात ७५.७ प्रतिशलले शेयर नपाउने भएका छन् । 

कम्पनीले १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो।

५ बर्ष अगाडि

प्रतिक्रिया