भारत सरकारले नेपालमा ६ वटा विद्यालय निर्माण गरिदिने भएको छ । ५१ करोड ८ लाखको लागतमा भारत सरकारले ६ वटा माध्यमिक विद्यालय निमार्ण गर्ने सम्झैता भएको हो ।
भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बीच को सम्झौतापत्रमा हस्ताक्षर गरे सँगै भारत सरकारले काठमाडौं र काभ्रेका छ बटा विद्यालय निमार्ण गर्ने छ ।
ती ६ वटा विद्यालयमध्ये कान्ति भैरव माध्यमिक विद्यालय, चम्पादेवी माध्यमिक विद्यालय, धापासी माध्यमिक विद्यालय, विष्णुदेवी माध्यमिक विद्यालय गरी चारवटा विद्यालयहरु काठमाडौंका हुन्। बाँकी दुईवटा सिद्देश्वर माध्यमिक विद्यालय र हरिसिद्धि माध्यमिक विद्यालय काभ्रे रहेका छन् ।
प्रतिक्रिया