मोटोरोलाका २ नयाँ स्मार्टफोन सार्वजनिक, मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं - मोटोरोलाले बजारमा २ नयाँ स्मार्टफोन ल्याएको छ । मोटो जी ३० र मोटो जी १० स्मार्टफोन सार्वजनिक गरेको हो ।

मोटो जी ३० 
मोटो जी ३० को मूल्य १८० यूरो रहेको छ । ७२० बाई १६०० पिक्सेल रेजोलुसन रहेको मोटो जी ३० मा ६.५ इन्चको आईपीएस एलसीडी दिइएको छ ।

जसको रिफ्रेश रेट ९० हर्ज छ । नच डिजाइनयुक्त डिस्प्ले राखिएको यो फोनमा १३ मगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

फोनको पछाडि भागमा फोटोग्राफीका लागि चार वटा क्यामेरा दिइएका छन् । जसमा ६४ मेगापिक्सेलको प्राइमरी क्यामेरासँगै ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र २ मेगापिक्सेलकै डेप्थ सेन्सर दिइएको छ ।

मोटो जी १०
मोटो जी १० को मूल्य १५० यूरो रहेको छ । यसमा ६० हर्जको रिफ्रेश रेट सहितको ६.५ इञ्चको डिस्प्ले दिइएको छ । ४ जीबी र्‍याम तथा १२८ जीबीसम्मको इन्टरनल स्टोरेज अप्सनका साथ आएको यो फोनको मेमोरी एसडी कार्डमार्फत ६१२ जीबीसम्म विस्तार गर्न सकिन्छ । यसमा स्नापड्रागन ६४० चिपसेट राखिएको छ ।

फोटोग्राफीका लागि यो फोनमा पनि चार वटा क्यामेरा दिइएको छ । जसमा ४८ मेगापिक्सेलको मेन क्यामेराको साथमा मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स र दुई ओटा समान २ मेगापिक्सेलका क्यामेरा रहेका छन् ।

सेल्फीका लागि भने यसमा ८ मेगापिक्सेलको क्यामेरा राखिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया