नेप्सेमा नयाँ रेकर्ड, निफ्रा र एन आइ सि को अत्यधीक कारोबार

५ बर्ष अगाडि

कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेन्ज नेप्सेले नयाँ रेकर्ड बनाएर बन्द भएको छ । 

आज नेप्से २५.२३ अंकले उकालो लाग्दा २६ सय ३६.२३ विन्दुमा पुगेको हो । यो नेप्सेको अहिले सम्मकै उच्च विन्दु हो । 

त्यस्तै, आज कारोबारमा आएका २०६ कम्पनी मध्य ८४ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज नेप्सेमा १ करोड ९६ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ८ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज सबै भन्दा धेरै एन आइ सी एसिया बैंकको ५६ करोड र नेपाल इन्फ्रास्टक्रचर बैंकको ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया